कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना प्रक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाइ प्रहरीले  पक्राउ गरेको  छ। पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ रहेका  छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बम र शर्मालाई मेहेन्द्रनगरस्थित बजारमा फेला पारी खनतलासी लिँदा एक हजार दरको दुई वटा नक्कली नोट भेटिएको थियो । त्यसपछि डेरा कोठामा खानतलासी गर्ने क्रममा थप नक्कली नोट, फोटोकपी पेपर, नक्कली नोट बनाउने मेसिन, कैँची लगायतका सामग्री बरामद भएको क्षेत्रीले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्