वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपरिषद्को सदस्यमा नियुक्त

Machchapuchchre

अर्थ राजनीति ~ वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ न्यायपरिषद्को सदस्यमा नियुक्त भएका छन । श्रेष्ठलाइ  राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार परिषद्को सदस्यमा नियुक्त गरेकी हुन् । न्यायाधीश नियुक्ति र आचरणसम्बन्धी अनुगमन गरी कारबाही गर्ने निकाय न्यायपरिषदमा प्रधानन्यायाधीश अध्यक्ष रहन्छन् भने संघीय सरकारका कानुन, न्यायमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने वरिष्ठ अधिवक्ता र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानुनविद सदस्य रहने व्यवस्था छ । श्रेष्ठ नेपाल बार एसोसिएसनको सिफारिसमा परिषद सदस्य बनेका हुन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्