सरकार अनलाइन निर्देशिका ल्याउने तयारीमा

अर्थ राजनीति  ~  सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउ लागेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिने यस्तो निर्देशिका ल्याउन लागिएको जानकारी दिएका छन् […]

फेसबुक र भाइबर जस्ता सामाजिक संजालको प्रयोग गरी ठगी बढ्दै

अर्थ राजनीति  ~ सामाजिक सञ्जालबाट चीन जान कै भरमा धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सुनिन आउछ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहे पनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट सम्पर्क गरी ठूलो रकम कमाउने प्रलोभनमा […]

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा

अर्थ राजनीति  ~  सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । शर्माले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका हुन् । शर्मा ४ वर्षका लागि नियुक्त भएता पनि  २ वर्ष कार्यकाल बाँकी रहदै उनले राजीनामा दिएका हुन् ।  सनराइज बैंकमा बेलाबेलामा सञ्चालक र व्यवस्थापनबीच बिवाद भइरहने गरेको सुनिन्छ । केही […]

प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, दुई लाख मानिस उतार्ने दाबी

अर्थ राजनीति ~  संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौंमा विरोधसभा गर्दैछ । भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् ।  मुख्य र्‍याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा […]

खर्च गर्न नसकेपछि घट्यो चालु आर्थिक वर्षको बजेट

अर्थ राजनीति ~ कार्यान्वयन गर्न नसकेपछि सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनाको अर्धवार्षिक समिक्षा गर्दै बजेटको आकार घटाएको हो । अर्धवार्षिक समिक्षा गर्दै मन्त्रालयले यस वर्षको बजेटको आकार १३ खर्ब ४४ अर्ब ६८ करोड रहने प्रक्षेपण गरेको छ । यो कुल विनियोजीत बजेट भन्दा १ खर्ब […]

प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुग्नुभएको छ । ओली निर्वाचन तथा पार्टी विवादबारे बुझ्न आयोग पुग्नु भएको हो । यसघि ओली समूहका नेताहरु महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु आयोगमा पुगिसकेको थिए । बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा […]

प्रतिनिधिसभा चुनाव वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा हुने

अर्थ राजनीति ~सरकारले प्रतिनिधि सभाको निर्वाचन आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा र वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, […]

अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई  ७ अर्ब दिने

अर्थ राजनीति ~ अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई  ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको उनले बताए । मन्त्री पौडेलका अनुसार सरकारले खर्च नहुने आयोजनाको रकम काटेर निर्वाचन […]

आज पनि नेप्से ३७ अंकले बढ्यो, हरेक दिन जसो नयाँ रेकर्ड

अर्थ राजनीति ~  सोमबार पनि सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बजार पुँजीकरण सर्वाधिकका साथै नेप्से सूचक र कारोबार रकम पनि सर्वाधिक भएको छ । अधिक बैंकिङ तरलता, न्यूनतम ऋणको ब्याजका कारणले नै बजारलाई बढ्न प्रेरित गरिरहेको देखिन्छ । इन्फ्रास्ट्रक्चर बैंकको सेयर सूचीकरणपछि बढ्दो क्रममा जाने र यसले बजारलाई अझ उचाइमा पुर्‍याउने विश्लेषण […]

श्री एयरलाइन्सद्वारा सुर्खेतमा परीक्षण उडान

अर्थ राजनीति  ~  श्री एयरलाइन्सले  ८० सिट क्षमताको क्युआर-८०० जहाजद्वारा काठमाडौं-सुर्खेत परीक्षण  उडान परीक्षण गरेको सुर्खेत विमानस्थल प्रमुख उमेश पन्थीले जानकारी दिएका छन् । विमानस्थल प्रमुख पन्थीका अनुसार सुर्खेती आकाशमा दुईवटा परीक्षण गरिसकेपछि बिहान ११ : ४० बजे जहाज काठमाडौं फर्किएको छ । पाइलट डी एस थापाको नेतृत्वमा जहाज सुर्खेत आएको थियो । एयरलाइन्सको ८० […]