श्री एयरलाइन्सद्वारा सुर्खेतमा परीक्षण उडान

Machchapuchchre

अर्थ राजनीति  ~  श्री एयरलाइन्सले  ८० सिट क्षमताको क्युआर-८०० जहाजद्वारा काठमाडौं-सुर्खेत परीक्षण  उडान परीक्षण गरेको सुर्खेत विमानस्थल प्रमुख उमेश पन्थीले जानकारी दिएका छन् । विमानस्थल प्रमुख पन्थीका अनुसार सुर्खेती आकाशमा दुईवटा परीक्षण गरिसकेपछि बिहान ११ : ४० बजे जहाज काठमाडौं फर्किएको छ । पाइलट डी एस थापाको नेतृत्वमा जहाज सुर्खेत आएको थियो । एयरलाइन्सको ८० सिट क्षमताको क्युआर-८०० जहाज अवतरणका लागि रनवे उपयुक्त रहको श्री एयरलाइन्सका निर्देशक अनिल मानन्धरले बताएका छन्  तर नियमित उडान गर्नका लागि भने मार्केटको अवस्था पनि अध्ययन गर्नुपर्ने उनको भनाइ थियो । अब नियमित उडान गर्दा कतिसम्म लोडबोक्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकहरुले अध्ययन गर्ने सुर्खेत विमानस्थल प्रमुख पन्थीले बताए ।  नियमित उडान गर्न सकिने वा नसक्ने बारे अध्ययन पछि मात्रै  भन्न सकिने समेत उहाले जानकारी गराउनु भयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्