प्रधानन्यायाधीश द्वारा वकिलहरुलाई समय पालनामा कडाइ

Machchapuchchre

अर्थ राजनीति  ~  संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेको संवैधानिक इजलासमा सोमबार बहस सुरु भएदेखि नै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समय पालनामा कडाइ गरेका छन् । सुरुमा बहस गर्न आएका अधिवक्ता ईश्वरीप्रसाद भट्टराईलाई १५ मिनेट समय तोके।  उनले ३० मिनेट बहस गरेपछि प्रधानन्यायाधीश जबराले बहस टुंग्याइहाल्न आग्रह गरे । भट्टराईपछि बहसमा आएका अधिवक्ता महेश नेपालले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार हुने भन्दै बहस गर्दै थिए तर  जबराले उनलाई पनि चाडै नै रोके । तेस्रो नम्बरमा बहस गर्न आएका अधिवक्ता सीपी रेग्मी सुरुदेखि नै दबावमा परे ।  रेग्मीले बहस थालेको १५ मिनेट समय सकिएपछि जबराले  उनलाई पनि बस्न भनिहाले तर रेग्मी अझै रोकिएनन् र  उनी पनि संसदीय व्यवस्थामा संसद विघटन प्रधानमन्त्रीको अधिकार हुने विषयमा विभिन्न देशको उदाहरण दिँदै थिए तर प्रधानन्यायाधीशले  उनलाई पुन रोकिदिए । प्रधानन्यायाधीशले हिजो नै प्रधानमन्त्रीको पक्षबाट बहस गर्ने वकिलहरुलाई माघ ३० भित्र बहस सक्न आग्रह गरेका थिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्