नेपाली कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार

Machchapuchchre

अर्थ राजनीत  ~   नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टीसँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा संकट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनर्स्थापना या निर्वाचनमा मध्ये एकमा जानुपर्ने बताएका छन् । सञ्चारकर्मीको एक प्रश्नको जवाफमा नेता निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए साथै  उनले कांग्रेस मात्र नभएर नेपाली जनता र राजनीतिक दलको एउटै उद्देश्य भनेको प्रतिनिधिसभा निर्वाचन भएको जनाउँदै यसका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न नेपाली कांग्रेस सदैब तयार रहेको  बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्