खर्च गर्न नसकेपछि घट्यो चालु आर्थिक वर्षको बजेट

Machchapuchchre

अर्थ राजनीति ~ कार्यान्वयन गर्न नसकेपछि सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ ।

अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनाको अर्धवार्षिक समिक्षा गर्दै बजेटको आकार घटाएको हो ।

अर्धवार्षिक समिक्षा गर्दै मन्त्रालयले यस वर्षको बजेटको आकार १३ खर्ब ४४ अर्ब ६८ करोड रहने प्रक्षेपण गरेको छ ।

यो कुल विनियोजीत बजेट भन्दा १ खर्ब ३० अर्बले कम हो ।

चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेको थियो तर कोभिड लगायतका कारणले खर्च हुन नसकेको भन्दै अर्थ मन्त्रालयले खर्चको आकार घटाएको हो ।

सरकारले यस वर्ष सबैभन्दा धेरै पुँजीगत खर्च २० प्रतिशतले घटाएको छ ।

चालु आर्थिक वर्षको चालु तर्फ ९ खर्ब १४ अर्ब अर्थात विनियोजित बजेटको ४ प्रतिशत मात्रै घटाउँदा पुँजीगत खर्च २ खर्ब ८३ अर्ब मात्रै अर्थात २० प्रतिशत कम खर्च हुने प्रक्षेपण गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्