सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा

Machchapuchchre

अर्थ राजनीति  ~  सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । शर्माले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका हुन् । शर्मा ४ वर्षका लागि नियुक्त भएता पनि  २ वर्ष कार्यकाल बाँकी रहदै उनले राजीनामा दिएका हुन् ।  सनराइज बैंकमा बेलाबेलामा सञ्चालक र व्यवस्थापनबीच बिवाद भइरहने गरेको सुनिन्छ । केही महिना पहिले केही सञ्चालकहरुले बैंकका सीईओ जनक शर्मा पौड्याललाई हटाउनै पर्ने रणनीति बनाएका थिए । त्यसबेला बैंकका सञ्चालक नै दुई भागमा विभाजित भए तर बैंकका अध्यक्ष मोतिलाल दुगडसहित केही सञ्चालक सीईओलाई काम गर्ने सहज वातावरण बनाउनु पर्छ भन्ने पक्षमा थिए भने केही सञ्चालकहरु हटाउनै पर्छ भन्ने पक्षमा लागेका थिए । विवादले उग्र रुप लिएपछि राष्ट्र बैंकले हस्तक्षेपसमेत गर्नु परेको थियो ।  सनराइज बैंकमा विवाद हुनु कुनै नयाँ विषय भने होइन । पौड्याल सीईओ नियुक्त भएर आउनुअघि नै बैंकमा निकै विवाद थियो । पौड्यालभन्दा पहिले बैंक सञ्चालक समितिले निरज श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो तर केही सञ्चालकले  असन्तुष्टि जनाएपछि श्रेष्ठले नियुक्ति लिन मानेनन् र  पछि पौड्याललाई नियुक्त गर्ने बेलामा भने सबै सञ्चालकको सहमति जुटेको थियो ।

सनराइज छाडेपछि अर्को कुनै बैंकको नेतृत्व लिने चाहाना पौड्यालसँग छ  तर कुनै बैंक छाडेको ६ महिनासम्म अर्को बैंकको सीईओ हुन नपाउने गरी राष्ट्र बैंकले कुलिङ पिरियड तोकिदिएको छ  त्यसकारण तत्कालै अर्कोमा अवसर आउपनि उनी ६ महिनाअघि जान पाउने छैनन् ।  कुलिङ पिरियड पछी राम्रो अवसर पाए बैंकिङ क्षेत्रमै फर्किने उनले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्