फेसबुक र भाइबर जस्ता सामाजिक संजालको प्रयोग गरी ठगी बढ्दै

Machchapuchchre

अर्थ राजनीति  ~ सामाजिक सञ्जालबाट चीन जान कै भरमा धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सुनिन आउछ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहे पनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट सम्पर्क गरी ठूलो रकम कमाउने प्रलोभनमा फसेर मानिस लाखौं रकम गुमाउन पुगेका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार सामाजिक सञ्जाल फेसबुक, वाट्स एप, भाइबर, इमोलगायत प्रयोग गरि विभिन्न व्यक्तिलाई विश्वासमा पारी झण्डै २६ लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।  झापाका ३० वर्षीय पंकज पौडेल यस काममा संलग्न रहेको र उनलाई समाती थप कारवाहीका लागि मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ। उनले कतिपयलाई  घडी, जुत्ता, मोबाइल, डलरको पार्सल एवं गिफ्ट पठाएको, कतिलाई रोजगारीको लागि भिषा लगाइदिने भनी नक्कली भिषा पठाइ विश्वासमा पारेको र कतिलाई पार्सल सामान प्राप्त गर्न भन्सार शुल्क तिर्नुपर्छ भनी रकम ठगेको विवरणले देखाएको छ। प्रहरीले उनको साथबाट १३ लाख रुपैयाँसहित मोबाइल, विनोद काफ्लेको नाममा रहेको नक्कली सवारी चालक अनुमतिपत्र, अनिल बस्नेतको नामको सवारी चालक अनुमतिपत्रलगायत सामाग्री फेला परेको पनि स्रोतले जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्