सरकार अनलाइन निर्देशिका ल्याउने तयारीमा

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउ लागेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिने यस्तो निर्देशिका ल्याउन लागिएको जानकारी दिएका छन् । प्रेस स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ता विनै फेसबुक, युट्युब, अनलाइन जस्ता कतिपय माध्यमको विकृति रोक्न सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका २०७७ जारी गर्ने तयारी गरेको मन्त्री गुरुङले बताएका छन् । पछिल्ला दिनहरुमा  स्वतन्त्रताको आडमा छाडा, उत्तेजक र व्यक्ति केन्द्रित तथा सम्मानित अदालत र सम्मानित राष्ट्रपतिप्रति पनि केही अभिव्यक्ति दिने सामाजिक सञ्जाल र केही जिम्मेवार अनलाइन माध्यमले समेत प्रसारण गरेको पाइएकोले येस्तो  निर्देशिका ल्याउन जरुरी देखिएको सञ्चारमन्त्री गुरुङले प्रस्ट परे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्