सुमन शर्मा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

Machchapuchchre

अर्थ राजनीति ~   सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा  सुमन शर्मा नियुक्त भएका छन् । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाए लगतै सनराइज बैंकले बुधबार सुमन शर्मालाई नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको बैंकले जनाएको छ । सुमन शर्मासँग माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेको अनुभव रहेको छ । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा ३ दशकल लामो अनुभन भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् ।  बैंकर शर्मासँग एसबिआइ बैंक , ग्लोबल आइएमइ बैंक, माछापुच्छ्रे , एनएमबि बैंक लगायतमा काम गरेको बलियो अनुभव छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्