सरकार पर्वको संरक्षण र सम्वर्द्धनमा प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा परिवारको कल्याण, आरोग्य, सुख-समृद्धि र सन्तानको दीर्घायुको कामना गर्दै मनाईने जितिया पर्वको शुभकामना दिनु भएको छ । प्रधानमन्त्री देउवाले जितिया पर्वको शुभकामना दिदै नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको बताउनु भएको हो । त्यस्तै प्रत्रानमन्त्री देउवाले संस्कृति र संस्कारमा नेपालको विशिष्ट पहिचानका विशेषता रहेको […]

नेप्से परिसूचक घट्ने क्रम जारी

अर्थ राजनीति  ~ साताको पहिलो दिन आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० अंकमा झरेको छ ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेको छ […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

अर्थ राजनीति  ~  सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आज मंगलबार बस्ने गरी तय गरिएको स्थायी कमिटी बैठक एकाएक स्थगित भएको छ । आज बस्ने भनिएको बैठकमा यसअघि पेश गरिएका ३ वटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । माओवादी केन्द्रको आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण भोलि बुधबार ११ बजे […]

सरकारमा नागरिक समाजका अगुवाबाट दुई जना मन्त्री बन्ने

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक समाजका अगुवाहरुबाट दुई जनालाई मन्त्री बनाउने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा देउवाले सहमति जनाएका हुन् । नागरिक समाजका अगुवाबाट दुई जना मन्त्री बनाए सकारात्मक सन्देश जाने भएपछि देउवाले यस्तो […]

प्रधानमन्त्री देउवालाई ओलीको सन्देश- अध्यादेश फिर्ता असंवैधानिक

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन ल्याइएको अध्यादेश संसद् चालु रहेको अवस्थामा फिर्ता गरिएकोप्रति आपत्ति जनाएका छन् । अध्यक्ष ओलीलाई भेट्न मंगलबार दिउँसो ओली निवास बालकोट पुगेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत् उनले यस्तो आपत्ति जनाएका हुन्। अध्यक्ष ओलीले अध्यादेश फिर्ता असंवैधानि भएको सन्देश प्रधानमन्त्री शेरबहादुर […]

कांग्रेसले भागबन्डामा टुंग्यायो, मन्त्रालय टुंग्याउन बाँकी

अर्थ राजनीति  ~  सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भागबन्डाका आधारमा टुंगो लगाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको अनौपचारिक छलफलमा मन्त्री बन्नेको टुंगो लागेको हो । कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री र एउटा राज्यमन्त्री पाएको छ । अहिले कांग्रेसबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर […]

” पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जाऔँ ” : अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~ नेकपा माओवादी केन्द्रका स्थायी समिति एवं अर्थमन्त्री जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्णसमानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नु अपरिहार्य भएको बताएका छन् । मंगलवार पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।‘पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत  सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा […]

दशैंतिहारमा हातहतियार रोक्न उपत्यकाका प्रमुख नाकामा प्रहरीको ‘डग स्निफिङ’ कार्यक्रम

अर्थ राजनीति  ~  नेपालीहरुको महान चाड दशैंतिहार नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागू भइसकेको छ ।साेमबारदेखि लागू सुरक्षा योजनाअन्तर्गत सुरक्षा निकायले उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा कुकुरसमेत परिचालन गरेको छ । खासगरी पटाकाजन्य विस्फोटक पदार्थ र चाडपर्वको मौकामा हातहतियारसमेत प्रवेश गराउने जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले ‘डग स्निफिङ’ कार्यक्रम सञ्चाल गरेको छ । […]

एकीकृत समाजवादीले सरकारमा जाने मन्त्रीको टुंगो लगायो

अर्थ राजनीति  ~  एमालेबाट बिभाजित भएर सरकारमा सामेल हुन लागेकाे पार्टी नेकपा एकीकृत समाजवादीले देउवा नेतृत्वकाे सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन)–२०७८ खारेज गरेपछि सम्भवतः आज भाेलि नै गठबन्धन दलले मन्त्रिमण्डल विस्तार गर्ने छन् । नेकपा (एस)का केन्द्रीय सदस्य मेटमणि चौधरीले पार्टीले सरकारमा सहभागी […]

मन्त्री खड्काद्वारा नेपाल र नेपाली राष्ट्रियताविरुद्ध आपत्तीजन अभिव्यक्ति

अर्थ राजनीति  ~  परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली राष्ट्रियताको विरुद्धमा आपत्तीजनक अभिव्यक्ति दिनुभएको छ । नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुग्नुभएका मन्त्री खड्काले परराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने बताउनुभएको छ । नेपाल र नेपाली राष्ट्र, राष्ट्रियता, […]