मन्त्री खड्काद्वारा नेपाल र नेपाली राष्ट्रियताविरुद्ध आपत्तीजन अभिव्यक्ति

Machchapuchchre

अर्थ राजनीति  ~  परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली राष्ट्रियताको विरुद्धमा आपत्तीजनक अभिव्यक्ति दिनुभएको छ । नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुग्नुभएका मन्त्री खड्काले परराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने बताउनुभएको छ । नेपाल र नेपाली राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डताको विरुद्धमा रहेको भनि नेपालमा कडा रुपमा आलोचना भइरहेको एमसीसी सम्झौता संशोन विना पास गर्ने तयारी गरेको खुलासा गर्नुभयो । एनआरएन न्युर्योक च्याप्टर, जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड छ यसको प्रकिया छ नेपालले संशोधन गर्दा एमसिसी लागू भएका देशसमेत प्रभावित हुने भएकोले यो कठिन हुने उनले जिकिर गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्