एकीकृत समाजवादीले सरकारमा जाने मन्त्रीको टुंगो लगायो

Machchapuchchre

अर्थ राजनीति  ~  एमालेबाट बिभाजित भएर सरकारमा सामेल हुन लागेकाे पार्टी नेकपा एकीकृत समाजवादीले देउवा नेतृत्वकाे सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन)–२०७८ खारेज गरेपछि सम्भवतः आज भाेलि नै गठबन्धन दलले मन्त्रिमण्डल विस्तार गर्ने छन् । नेकपा (एस)का केन्द्रीय सदस्य मेटमणि चौधरीले पार्टीले सरकारमा सहभागी हुने सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको बताएका छन् । नेकपा (एस)ले रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरीलाई सरकारमा सहभागी गराउँदै छ । नेकपा एसले ६ मन्त्रालय पाउने भएको छ ।  तर कुन कुन मन्त्रालय पाउने भन्नेचाही अन्याैलमै रहेकाे बताइन्छ ।  चौधरीले आजै अध्यादेश खारेज भइसकेकोले सम्भवत मंगलबार अपरान्ह सम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताए । प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको साढे दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेकाे चाैतर्फि आलाेचना  भइरहेकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्