दशैंतिहारमा हातहतियार रोक्न उपत्यकाका प्रमुख नाकामा प्रहरीको ‘डग स्निफिङ’ कार्यक्रम

Machchapuchchre

अर्थ राजनीति  ~  नेपालीहरुको महान चाड दशैंतिहार नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागू भइसकेको छ ।साेमबारदेखि लागू सुरक्षा योजनाअन्तर्गत सुरक्षा निकायले उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा कुकुरसमेत परिचालन गरेको छ । खासगरी पटाकाजन्य विस्फोटक पदार्थ र चाडपर्वको मौकामा हातहतियारसमेत प्रवेश गराउने जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले ‘डग स्निफिङ’ कार्यक्रम सञ्चाल गरेको छ । जसअन्तर्गत नाकामा प्रहरीसँगै तालिम प्राप्त कुकुरले पनि जाँच गर्नेछन् । महानगरी प्रहरी कार्यालय रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले काठमाडौं छिर्ने मुख्य मुख्य नाका थानकोट, फर्पिङ, साँगा, नुवाकोट छिर्ने नाका र अरु साना नाकामा विशेष निगरानी र जाँचको व्यवस्था मिलाएको बताए । ‘चाडपर्वको पूर्वसन्ध्यामा विभिन्न आपराधिक प्रकृतिका मान्छेको प्रवेश हातहतियार प्रवेश गराउनसक्ने अथवा विभिन्न खाले तस्करीका सामान काठमाडौं उपत्यकामा भित्र्याउन सक्ने र तिहारलाई पनि लक्षित गरेर पटाकाजन्य विस्फोटक वस्तुहरु पनि भित्र्याउन सक्ने सम्भावनालाई दृष्टिगत गरेर हामीले विशेष निगरानी गरिरहेका छौं,’ उनले भने, ‘यस्ता नाका चेकिङ्गमा हामीले कुकुरको पनि परिचालन गरेका छौं । डग स्निफिङ (कुकुरबाट चेकिङ) को व्यवस्था गरिएको छ ।’सुवेदीले गलत मनसायको मान्छे र गलत चिजवस्तु अथवा पटाकाजन्य वस्तुहरु भित्र्याउन खोजेको अवस्थामा डग स्निफिङको सहयोगमा तत्काल नियन्त्रणमा लिने पनि बताए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्