” मुलुकमा राजनीतिक अस्थिरता बढ्यो ” : अध्यक्ष ठाकुर

Machchapuchchre

अर्थ राजनीति  ~  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् । सोमबार जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले देशमा राजनीतिक अस्थिरता रहे पनि मधेसको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको बताए । अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकार समेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पारे । हामीले ‘संविधान संशोधन, मधेस आन्दोलनकारीमाथि लगाइएको झुटा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशिता लगायतको मुद्दामा निरन्तर सवाल उठाउँदै आइरहेका छौँ,’ उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्