सरकारमा नागरिक समाजका अगुवाबाट दुई जना मन्त्री बन्ने

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक समाजका अगुवाहरुबाट दुई जनालाई मन्त्री बनाउने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा देउवाले सहमति जनाएका हुन् । नागरिक समाजका अगुवाबाट दुई जना मन्त्री बनाए सकारात्मक सन्देश जाने भएपछि देउवाले यस्तो रणनीति अपनाएका हुन् । सत्तारुढ गठबन्धनका पाँच दलले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका हुन् । ततकालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका नागरिक समाजका अगुवाहरुमध्येबाट दुई जना स्वतन्त्र व्यक्तिलाई मन्त्री बनाउने सत्तारुढ गठबन्धनमा आवद्व दलहरुबीच सहमति भएको हो । ओली सरकार ढाल्न सक्रिय भूमिका निर्वाह गरेका दुई जनाले मन्त्री मन्त्री उपहार पाउने भएका हुन् । गठबन्धनमा एक नेताका अनुसार आन्दोलनमा सक्रिय सहभागी नागरिक अगुवाबाट बनाउँने टुंगो लागेपनि कस-कसलाई बनाउँने भन्ने भने टुंगो लागी नसकेको उनले बताए । बालुवाटार स्रोत अनुसारले १/१ जना स्वतन्त्र व्यक्ति छनोट गरेर मन्त्रीका लागि सिफारिस गर्नेछन् । स्वतन्त्र नागरिक अगुवाबाट दुई जना मन्त्री बन्ने भएपछि ती दुई स्वतन्त्र नागरिकको अहिले खोजी भईरहेको छ । प्रधानमन्त्री भएको अढाई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर आम नागरिकको चर्को आलोचना खेपेका देउवाले मन्त्रिमण्डलमा नयाँपन दिने कोशिश गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्