प्रधानमन्त्री देउवालाई ओलीको सन्देश- अध्यादेश फिर्ता असंवैधानिक

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन ल्याइएको अध्यादेश संसद् चालु रहेको अवस्थामा फिर्ता गरिएकोप्रति आपत्ति जनाएका छन् । अध्यक्ष ओलीलाई भेट्न मंगलबार दिउँसो ओली निवास बालकोट पुगेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत् उनले यस्तो आपत्ति जनाएका हुन्। अध्यक्ष ओलीले अध्यादेश फिर्ता असंवैधानि भएको सन्देश प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएका थिए। ‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो। जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ,’ सन्देशमा भनिएकाे छ। संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र राष्ट्रपतिबाट अध्यादेशमार्फत् कानुनसम्बन्धी काम हुनसक्ने बताउँदै सन्देशमा भनिएको छ- ‘हाल: संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ।’ यस्तो अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्रीसँगको भेटमा उहाँ मार्फत आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्