माधव नेपालले आफ्नो पार्टीका मन्त्रीलाई बोलाए

अर्थ राजनीति  ~  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई बोलाएका छन् । अध्यक्ष नेपालले आइतबार विहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयम बोलाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले  जानकारी दिए। जनपक्षीय काम गर्न निर्देशन दिनका लागि अध्यक्ष नेपालले बोलाएको उनको भनाइ छ । शनिबार अध्यक्ष नेपालले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि […]

राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू

अर्थ राजनीति  ~  अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन्। बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन्। एक बैंकले अर्कोलाई महँगोमा पनि सापटी दिन सकिरहेका छैनन्। तरलता लगानीयोग्य पुँजी बढाउन हम्मेहम्मे परिरहेको छ। थप स्रोत जोहो गर्न अधिकांशले ब्याजदर १ देखि साढे १ प्रतिशतसम्म बढाएर दोहोरो अंकसम्म पुर्‍याए। त्यसबाट पनि लगानी क्षमता बढेन। यो […]

मन्त्री चयनलाई लिएर तीव्र असन्तुष्टि

अर्थ राजनीति  ~  प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएको भन्दै आलोचना भइरहेको छ। हमाल काँग्रेस कोटाबाट मन्त्री भएको भन्दै सरकार प्रवक्तादेखि गठबन्धन दलका नेता एवं माओवादी केन्द्रका अध्यक्षले सार्वजनिक […]

महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्ति सभापति बाहेक पदमा उम्मेदवार हुन पाउने

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्ति जिल्ला कार्यसमितिको सभापतिबाहेक पदमा उम्मेदवार हुन पाउने भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ७७ वटै जिल्लाका निर्वाचन अधिकृतलाई पत्राचार गर्दै महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्ति जिल्ला कार्यसमितिको सभापतिबाहेकका पदमा उम्मेदवार हुन पाउने बताएका छन् । तर, यो नियम दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा […]

एकै पटक सात ठाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा खुल्यो

अर्थ राजनीति  ~  राष्ट्रिय वाणिज्य बैंकले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ। अब बैंकको कुल शाखा संख्या २५४ पुगेको छ। बैंकले चन्द्रागिरीस्थित बलम्बु, कागेश्वरी मनोहराको थली, ललितपुरको ठैव, भक्तपुरको कमलविनायक, चितवनको माडी, सिन्धुपाल्चोकको चौतारामा शाखा खोलेको हो। बैंकले प्यूठानमा पनि शाखा विस्तार गरेको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण […]

“राप्रपामा राम्रा होइन हाम्रा मान्छेलाई स्थापित गर्न खोजियो”: नेता पाठक

अर्थ राजनीति  ~  राप्रपा नेता जनकराज पाठकले पार्टी महाधिवेशनको निमित्त तल्लो तहको अधिवेशन हुँदै गर्दा नेताहरुले राम्रालाई भन्दा आफ्ना मान्छेलाई अवसर दिन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । ‘आजपनि राप्रपाभित्र दुईखाले कार्यकर्ता देखिँदै छन्,अझैपनि नेतृत्वले राम्रो भन्दा यदाकदा हाम्रो नै खोजिरहेको अवस्था छ’, उनले भने, ‘नेतृत्वलाई खुसी पार्ने गरि अधिवेशनका नाममा आफ्ना भजनमण्डलीको उपस्थितिमा टाकटुक […]

रन वेबाट चिप्लियो श्री एयरलाइन्सको जहाज

अर्थ राजनीति  ~  पार्किङ क्षेत्रबाट धावनमार्गतर्फ जाने क्रममा घाँसे मैदानमा चिप्लिएर धसिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । विमानस्थलका कर्मचारीहरुले गल, गैंती लगायतका उपकरण प्रयोग गरी धसिएको पाङ्ग्रालाई माथि उठाएर बाहिर निकाल्ने प्रयासमा जुटेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । नाइन एन एएनएफ कलसाइनको क्यू ४००-८ जहाज काठमाडौंबाट नेपालगञ्ज […]

प्रधानन्यायाधीश राणाले बोलाए फुलकोर्ट

अर्थ राजनीति   ~  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फुलकोर्ट बोलाएका छन्। प्रधानन्यायाधीश राणाले आज मंगलबार बस्ने गरि फुलकोर्ट बोलाएका हुन्। घटस्थापनाको दिनबाट देशभरका अदालत विदा हुने भएसँगै यसबीचमा अदालतमा हुने गतिविधीबारे छलफल गर्न बैठक बोलाइएको बताईएको छ। दशैं विदाका क्रममा बन्दी प्रत्यक्षीकरणका रिट हेर्ने विषयमा बैठकमा छलफल हुने र मुद्दा सुनुवाइ गर्ने न्यायाधीशहरुको नामको टुंगो लगाउने […]

अध्यक्ष तामाङ पक्राउ गर्नुकाे कारणबारे जानकारी दिन पत्रकार सम्मेलन

अर्थ राजनीति  ~  निक्षेपकर्ताको करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितलाई प्रहरीले कहीबेरमा पत्रकार सम्मेलन गरी सर्वजनिक गर्ने भएको छ । सिभिल सहकारीको निक्षेप ठगी गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेका तामाङ र उक्त सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहितका १२ जनालाई बिहान ११ बजे पत्रकार […]

प्रतिनिधिसभा बैठक आज बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६-०७७ पेस गर्ने छन्। यो अधिवेशनको पहिलो बैठकदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध जारी […]