“राप्रपामा राम्रा होइन हाम्रा मान्छेलाई स्थापित गर्न खोजियो”: नेता पाठक

Machchapuchchre

अर्थ राजनीति  ~  राप्रपा नेता जनकराज पाठकले पार्टी महाधिवेशनको निमित्त तल्लो तहको अधिवेशन हुँदै गर्दा नेताहरुले राम्रालाई भन्दा आफ्ना मान्छेलाई अवसर दिन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । ‘आजपनि राप्रपाभित्र दुईखाले कार्यकर्ता देखिँदै छन्,अझैपनि नेतृत्वले राम्रो भन्दा यदाकदा हाम्रो नै खोजिरहेको अवस्था छ’, उनले भने, ‘नेतृत्वलाई खुसी पार्ने गरि अधिवेशनका नाममा आफ्ना भजनमण्डलीको उपस्थितिमा टाकटुक पार्ने जे गठन हुन्छ त्यसैलाई वैधानिकता दिलाएर आफू केन्द्रीत राजनिति गर्ने देखिएका छन। यस्तो समुहको प्रभाव पार्टीमा रह्यो भने पार्टी त स्वाहा हुन्छ नै अन्ततः  उनीहरुको पनि पलायन हुने निश्चित छ। उनले  हरि बहादुर बस्नेत नेतृत्वको निर्वाचन समितिले अधिवेशनलाई निष्पक्ष बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।  निर्वाचन समितिले आफू मातहतका जिल्ला निर्वाचन समितिले गराएको वा स्वीकृत गरि पठाएको तल्लो निकायको अधिवेशनलाई सुक्ष्म ढंगले अध्ययन र विश्लेषण गरेर वैधानिकता दिनुपर्नेमा जोड दिँदै उनले उपयुक्त निकास दिन सके कार्यकर्तामा उत्साह छाउने र पार्टी राजनीतिमा स्थापित हुने धारणा राखेका छन् । केही विवाद भएका जिल्लाहरुमा दुवै पक्षको सहभागितामा निर्वाचन समिति नबनाई एक पक्षले जिल्ला अधिवेशन सम्वन्धी बैठक नै नगरी अर्को पक्षलाई पाखा लगाउने प्रयास भइरहेको भन्दै उनले त्यसको विरोध गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्