एकै पटक सात ठाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा खुल्यो

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रिय वाणिज्य बैंकले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ। अब बैंकको कुल शाखा संख्या २५४ पुगेको छ। बैंकले चन्द्रागिरीस्थित बलम्बु, कागेश्वरी मनोहराको थली, ललितपुरको ठैव, भक्तपुरको कमलविनायक, चितवनको माडी, सिन्धुपाल्चोकको चौतारामा शाखा खोलेको हो। बैंकले प्यूठानमा पनि शाखा विस्तार गरेको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगि आधुनिक बैंकिङ सेवा पाउने बताए। बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्