महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्ति सभापति बाहेक पदमा उम्मेदवार हुन पाउने

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्ति जिल्ला कार्यसमितिको सभापतिबाहेक पदमा उम्मेदवार हुन पाउने भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ७७ वटै जिल्लाका निर्वाचन अधिकृतलाई पत्राचार गर्दै महाधिवेशन प्रतिनिधिमा पराजित व्यक्ति जिल्ला कार्यसमितिको सभापतिबाहेकका पदमा उम्मेदवार हुन पाउने बताएका छन् । तर, यो नियम दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै लागू हुनेछ । निर्वाचन निर्देशिकामा एक पदमा हारेको व्यक्तिले अर्को पदमा उम्मेदवारी दिन नपाउने नियम छ । पार्टीको विधानमा स्पष्ट व्यवस्था नभएको गुनासो जिल्लाबाट आएपछि निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिमा पराजित भए पनि जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवारी दिन पाउने गरी सर्कुलर गरेको हो । कांग्रेसको जिल्ला सभापतिमा उम्मेदवारी दिन भने महाधिवेशन प्रतिनिधिमा अनिवार्य निर्वाचित भएको हुनुपर्छ । तर, महाधिवेशन प्रतिनिधिमा पराजित भएमा सभापतिबाहेक उपसभापति, सचिवसहित कार्यसमितिको सदस्यमा उम्मेदवार हुन पाइनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्