माधव नेपालले आफ्नो पार्टीका मन्त्रीलाई बोलाए

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई बोलाएका छन् । अध्यक्ष नेपालले आइतबार विहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयम बोलाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले  जानकारी दिए। जनपक्षीय काम गर्न निर्देशन दिनका लागि अध्यक्ष नेपालले बोलाएको उनको भनाइ छ । शनिबार अध्यक्ष नेपालले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन निर्देशन दिएका थिए। एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा गलत काम गरेको खण्डमा मन्त्रीबाट हटाइने नेपालको भनाइ छ ।त्यसमा थप निर्देशन दिन आफ्नो पार्टीबाट मन्त्री भएकालाई आइतबार बोलाएको उनले बताएका थिए। वर्तमान सरकारमा एकीकृत समाजवादीबाट  ४ मन्त्री र एक राज्यमन्त्री सहभागी छन् । स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा, सहरी विकासमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममन्त्रीमा किसान श्रेष्ठले जिम्मेवारी पाएका छन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्