राष्ट्र बैंक : ” दसैंका लागि असोज ४ बाट नयाँ नोट वितरण “

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले आगामी असोज ४ गतेदेखि दसैंका लागि नयाँ नोट वितरण गर्ने जनाएको छ । कोभिडको उच्च जोखिम भन्दै अघिल्लो दसैंमा सर्वसाधारणलाई नयाँ नोट नबाँडेको राष्ट्र बैंकले यो वर्ष भने वितरण गर्ने भएको छ । राष्ट्र बैंकले असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट […]

आज नेपाली बजारमा सुनचाँदीको मूल्य

अर्थ राजनीति  ~  साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि […]

दीपक मनाङेले सम्पत्ति विवरण नबुझाएकोप्रति एमाले सांसदले मागे जवाफ

अर्थ राजनीति  ~  गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सम्पत्ति विवरण नबुझाएको विषयमा नेकपा एमालेका सांसद कृष्ण थापाले प्रदेशसभामा जवाफ मागेका छन् । मन्त्री मनाङेले आफ्नो लगानी युवाहरुलाई गरेको र त्यो आउन बाँकी रहेको बताएको भन्दै सांसद थापाले त्यसको वास्तविकता सभामार्फत जानकारी दिन माग गरेका हुन् । मन्त्री मनाङेले ‘मेरो सम्पत्तिबारे […]

विकास बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीमा वृद्धि

अर्थ राजनीति  ~  विकास बैंकहरुले गएको एक सातामा निक्षेप संकलन र कर्जा लगानी दुबैको दायरा थप विस्तार गरेका छन् ।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार एक साता (भदौ १९ देखि २५ गते) सम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.२४% प्रतिशतले र कर्जा लगानी ०.७९% ले विस्तार भएको हो । गत हप्ता ४ […]

पोलमा रहेका इन्टरनेट तार हटाउदै विद्युत प्राधिकरण

अर्थ राजनीति  ~  स्मार्ट सिटी निर्माणसँगै काठमाडौं शहरमा अव्यवस्थित र दृश्यप्रदूषणको मुख्य कारण बन्दै गएकोले  प्राधिकरणले आफ्ना  पोलमा रहेका इन्टरनेट लगायतका  तार हटाउने भएको छ । अप्टिकल फाइबर र पोलको भाडा बुझाउन पटक पटक ताकेता गर्दा समेत चासो नदेखाए पछि प्राधिकरणले आसोज १५ भित्रमा उपत्यकाका सबै तार हटाइ सक्ने जनाएको छ । प्राधिकरणले सूचना जारी […]

माओवादी स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि पार्टी कार्यालय, पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा सरकार विस्तार, सांगठानिक विषय लगायतका विषयमा छलफल हुने बताइएकाे छ । माओवादी केन्द्रसमेतको समर्थनमा बनेको गठबन्धनको सरकारले दुई महिना बितिसक्दा पनि सरकार विस्तार गर्न सकेको छैन । यता, देउवाले माओवादीलगायत सरकारमा […]

ललितपुरमा भौतिक रुपमा विद्यालय सञ्चालनको जिम्मा विद्यालयलाई दिइने

अर्थ राजनीति  ~ ललितपुर महानगरपालिकाले आगामी असोज ९ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको छ । स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गराउन विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा र कार्ययोजना बनाउन महानगरपालिकाले विद्यालयलाई सूचित गरेको छ । विद्यालय सञ्चालन गर्नुपूर्व पूर्वतयारी गरी अनिवार्य रुपमा कार्यढाँचा तथा स्वास्थ्य मापदण्डका सम्बन्धमा अभिभावक, शिक्षक, विद्यार्थी र अन्य […]

पशुपतिमा अख्तियार : सुनको जलहरीमा भ्रष्टाचारको गन्ध

अर्थ राजनीति  ~  विगतमा राजाहरूले आफ्नो सम्बोधनको अन्त्यमा ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्थे । भ्रष्टाचारीको मुख नहेर्ने घोषणा गरेका पूर्ववर्ती कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाँदा चाँदीको जलहरी हटाई सुनको जलहरी राख्ने निर्देशन दिए । तर, जलहरी सुनको बनाए पनि मन सफा नभएपछि यतिबेला पशुपतिनाथको मुटुमा रहेको जलहरीमा भ्रष्टाचारको […]

बजेट पारित नहुँदै संसद बैठक असोज ४ गतेसम्म स्थगित

अर्थ राजनीति  ~  बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार […]

एमालेको विरोधकाबीच राष्ट्रियसभामा राजनीतिकदलसम्बन्धी अध्यादेश पेश

अर्थ राजनीति  ~  राष्ट्रियसभाको आजको बैठकमानेकपा (एमाले)का सांसदको बिरोधकाबीच राजनीतिकदलसम्बन्धी (दाेस्राे संशोधन) अध्यादेश, २०७८ पेश भएको छ । विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो । यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कार्यवाही सुरु गर्ने वित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए । अध्यक्ष तिमल्सिनाले एमाले सांसद देवेन्द्र दाहाललाई […]