आज सर्वाेच्चको फुलकोर्ट बैठक, १४ न्यायाधीशले बहिष्कार गर्ने

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् । मन्त्रिपरिषद्मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ । न्यायाधीशहरूबीचके बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ । यद्यपि, न्यायाधीशहरूले […]

अमेरिकाबाट एक लाख डोज फाइजर खोप आइपुग्यो

अर्थ राजनीति  ~  अमेरिकाले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १ लाख ६२० डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुगेको  छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर खोप आज नेपाल आउन लागेको हो । उक्त खोप आज बिहान ९ बजे कतार एयरवेजको फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । यसअघि अमेरिकाले एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड […]

सेयर बजार : निर्जिवन बीमा र विकास बैंकहरु र जलविद्युत कम्पनीको सेयर घटे

अर्थ राजनीति ~  सेयर बजार सूचक नेप्से ३२०० बिन्दुबाट २० प्रतिशत घटेर २६०० बिन्दुमा आउँदा केही कम्पनीको सेयर मूल्य भने ५५ प्रतिशतसम्म घटेको पाइएको छ। गत भदौ २ गते सेयर बजार सूचकले ३२०० बिन्दु छोएको थियो। त्यसपछि भने नियामक निकायका विभिन्न कदम र लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा बजार निरन्तर ओरालो लागेको थियो। विशेषगरि राष्ट्र बैंकले […]

प्रधानन्यायाधीश र बारको टोलीबीच भेटघाट जारी

अर्थ राजनीति  ~  नेपाल बार एसोसियसनको टोलीले न्यायपालिका सुधारको सम्बन्धमा अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफल गरिरहेको छ । बिहान साढे १० बजेदेखि भईरहेको छलफलमा न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगहरुमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिकलगायतका विषयमा छलफल भईरहेको बुझिएको छ । यस्तै प्रधानन्यायाधीश राणाबारे पछिल्ला दिनमा लागेको आरोपका […]

प्रधानमन्त्री देउवा पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न त्यसतर्फ लागेका छन्। बाढी, पहिरो र डुबान प्रभावित जिल्ला सुनसरी, मोरङ, इलाम र पाँचथरमा निरीक्षणका लागि प्रधानमन्त्री देउवा नेतृत्वको टोली नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान त्यसतर्फ लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, […]

बैंकहरू थप लगानी गर्न नसक्ने अवस्थामा

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले तोकेको निक्षेप–कर्जा (सिडी) अनुपात नाघ्न लागेपछि बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । कर्जा मागको अनुपातमा निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरुमा तरलताको अभाव छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल सिडी अनुपात ८८.९२ प्रतिशत पुगिसकेको छ । हुनत राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत असार मसान्तसम्ममा सिडी अनुपात […]

” माधव नेपाल बाहिरिएपछि एमाले एकताबद्ध भयो ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरुले देशलाई दिशाहीन अवस्थामा पु¥याउने प्रयास गरिरहेको आरोप समेत लगाए । शनिबार देशभरका पार्टी वडा अधिवेशनहरुको भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्दै उहाँले […]

कर्णाली प्रदेशमा कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने माओवादीको निर्णय

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न प्रदेश कार्यालयको विस्तारित बैठकले कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको हो । बैठकले महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने समेत निर्णय गरेको हो । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बेला गत […]

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदै

अर्थ राजनीति  ~  प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । नेकपा (एमाले) विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे […]

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

अर्थ राजनीति  ~  संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले […]