प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । चालु अधिवेशन सुरु भएदेखिका सबै बैठकमा अवरोध गर्दै आएको नेकपा एमालेले आजको बैठक पनि अवरोध गर्ने जनाएको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्