पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न माग

Machchapuchchre Bank

अर्थ राजनीति  ~  पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनकै प्रारम्भबाट अन्तर्राष्ट्रिय हवार्ई उडान गर्न पोखरेलीले माग गरेका छन् । पोखरा पर्यटन परिषदले आइतबार गरेको कार्यक्रममा पोखरेलीले ४ दशकदेखिको पोखराको सपना अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विमानस्थल सञ्चालनमा ल्याउँदा पनि सुरुबाटै अन्तर्राष्ट्रिय हवाई उडानबाटै सुरुवात गर्नुपर्ने माग गरेका हुन् । पोखरा विमानस्थल आयोजनाले अग्रेंजी नयाँ वर्षदेखि आगामी पुसदेखि आन्तरिक हवाई उडानबाट पोखराको नयाँ विमानस्थल सञ्चालन गर्ने बताएका बेला पोखराका पर्यटन व्यवसायीहरुले नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गरेर मात्र सञ्चालन गर्नुपर्ने अन्यथा आफूहरुलाई मान्य नहुने बताएका छन् । यसैबीच, गाण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरामा निर्माण हुँदै गरेको क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको प्रारम्भबाट अन्तर्राष्ट्रिय हवार्ई उडान गर्नुपर्ने बताए । मन्त्री बरालले पोखरा विमानस्थल विगत ४० वर्षदेखि कोमामा रहेको अवस्थामा माओवादी नेतृत्वको सरकारको पालामा निर्माण कार्य सुरु भएको दाबी गर्दै अब पोखराको नवर्निवित विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई उडानबाटै प्रारम्भ गर्न विशेष पहल गर्ने दाबी गरे । पोखरा विमानस्थल सञ्चालन भएसँगै सडक सञ्चालनका लागि फास्ट ट्रयाकबाट कसरी पर्यटकलाई गन्तव्यमा पु-याउन सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित हुने मन्त्री बरालको भनाइ छ । रत्न मन्दिर र हिमा गृहलाई पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा खुल्ला गर्नसमेत विशेष पहल गर्ने मन्त्री बरालले जनाए । गण्डकी प्रदेशका सांसद राजीव पहारीले कोरोनाबाट प्रभावित भएको पर्यटन क्षेत्रमा विशेष प्याकेज ल्याउनुपर्ने माग गरे । पोखरा ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले पर्यटन क्षेत्रलाई अब गतिशिल बनाउनु पर्ने बताउँदै महानगरले करको विषयमा छुट्टै ऐन, कानून ल्याउन नसक्दा व्यवसायीको टोकाई खानुपरेको गुनासो गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्