पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

अर्थ राजनीति  ~  पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् । पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै […]

” अब गठबन्धनको ओरालो यात्रा सुरु हुन्छ ” : उपाध्यक्ष पौडेल

अर्थ राजनीति ~  नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकका विद्यमान समस्या समाधान गर्न नसक्ने दावी गरेका छन् । पत्रकारसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताए । नीति तथा कार्यक्रमले मुलुकको […]

तीन दिनदेखि स्थिर रहेको सुनको भाउ प्रतितोला २०० ले बढ्यो

अर्थ राजनीति  ~  सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार २०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ छ । सुनको मूल्य पछिल्ला तीन दिनयता एउटै मूल्यमा […]

आयल निगम घेराउ, मूल्यवृद्धि खारेज गर्न माग

अर्थ राजनीति  ~ पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधवार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् । उनीहरूले निगमको मुल गेटमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता […]

” अब प्रदेश र संघीय निर्वाचनको तयारीमा जुट्नुस् ” : महामन्त्री थापा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभा र संघीय चुनावको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। मंसिर वा फागुन कहिले चुनाव गर्ने भन्ने केही दिनमा सरकारले निर्णय गर्ने भन्दै उनले अब आमचुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन्। ‘आमचुनावको तयारीमा जुट्नुस्, हामीसँग समय धेरै छैन,’ भक्तपुरमा आज आयोजित कार्यक्रममा […]

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकको सञ्चालकमा खाली रहेको दुई पदमा चिन्तामणी शिवाकोटी र डा. शंकर प्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषदले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर सिवाकोटी र बैंककै पूर्व कार्यकारी निर्देशक आचार्यलाई सञ्चालक नियुक्त भएका हुन । राष्ट्र बैंकका सञ्चालकद्वय डा. श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएपछि राष्ट्र बैंकको सञ्चालकमा खाली […]

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिताको जित सुनिश्चित

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयर पदकी उम्मेदवार नेकपा एमालेकी सुनिता डंगोलको जित सुनिश्चित भएको छ । काठमाडौँ महानगरको मेयरका स्वतन्त्र उम्मेदवार साह र उपमेयरकी एमालेकी उम्मेदवार डंगोलले फराकिलो अग्रता कायमै राखेकोले जित सुनिश्चित भएको हो । बुधबार बिहानसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले ५४ हजार ७१८ […]

निर्वाचन परिणाम निराशाजनक आएपछि विवेकशील अध्यक्षको राजीनामा

अर्थ राजनीति  ~  विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले बुधबार विज्ञप्ती जारी गर्दै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको परिणाम निराशाजनक आएपछि आफूले अध्यक्ष पदबाट राजीनामा दिएका जनाएका हुन् । उनले अध्यक्ष पदबाट राजीनामा दिएपनि पार्टीको साधारण सदस्य रहिरहने जनाएका छन् । पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय […]

नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

अर्थ राजनीति  ~  नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो । मंगलबार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक पे्रङक रिजस्बेर्मन र […]

बैंक तथा वित्तीय संस्थाहरूले तिर्ने आयकर घटाउन सिविफिनको सुझाव

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले यी संस्थाहरूले तिर्ने आयकर ३० प्रतिशतबाट घटाएर अन्य व्यवसाय सरह २५ प्रतिशत कायम गर्न आगामी बजेटको लागि सुझाव दिएको छ। सिविफिन बैंक तथा वित्तीय संस्थाहरूको छाता संस्था हो। बैंकिङ पहुँच अभिवृद्धिका लागि राष्ट्र बैंकले तोकेको क्षेत्रमा शाखा खोल्ने बैंक तथा वित्तीय संस्थाको लागत बढी हुने […]