साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुटाए ५ सय जरिवाना

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुटाए कारबाही गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै महानगरको वातावरण तथा कृषि विभागले साउन १ गतेदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुटाउन आग्रह गरेको हो । फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने वातावरण विभागले जनाएको छ । जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्टाउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएको महानगरको सूचनामा उल्लेख छ । महानगरले कुहिने र नकुहिने फोहोर फरक–फरक दिन सङ्कलन गर्ने पनि सूचनामा जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्