आज बजारमा सुनचाँदीको मूल्य घट्यो

Machchapuchchre

अर्थ राजनीति  ~  साताको छैठौं दिन आज शुक्रबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३ सयले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले घटेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्