काठमाडौंको कला–संस्कृतिलाई विश्वभर चिनाउन नगरप्रमुख शाहको आग्रह

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौंको कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई आग्रह गरेका छन् । एनआरएनको टोलीसँग बिहीबार भएको भेटमा नगरप्रमुख शाहले कला, संस्कृति र सम्पदाको शहर काठमाडौंलाई संसारभर चिनाउन आग्रह गरेका हुन् । उनले काठमाडौं महानगरपालिकाभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका सकारात्मक रहेको बताए । नगरप्रमुख शाहले एनआरएनएको योजना कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिका लाग्ने विश्वास व्यक्त गरे । एनआरएनएका अध्यक्ष कुल आचार्यले एनआरएनए काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी ‘स्मार्ट सिटी’ अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माणलगायत सहकार्य गर्न तयार रहेको बताए । अध्यक्ष आचार्यले एनआरएनले काठमाडौँ महानगरपालिकाको टिमसँग सहकार्य गर्न उत्साहित रहेको उल्लेख गरे । भेटमा एनआरएनए युरोपका संयोजक चिन्तामणि सापकोटा, एनआरएनए आइसिसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक रमेश काफ्लेलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्