प्रहरीको नेतृत्वमा पुग्ने गरी चार महिला एकैपटक डीआईजीमा बढुवा

Machchapuchchre

अर्थ राजनीति  ~  गृह मन्त्रालयले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले १७ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको एक नम्बरमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत एसएसपी बसन्त बहादुर कुँवर, दुई नम्बरमा मानव बेचविखन अनुसन्धान ब्युरोका प्रमुख टेकप्रसाद राई र तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालय कार्य विभाग निर्देशनालयका एसएसपी अशोक सिंहको बढुवा सिफारिस भएका छन् । त्यस्तै चौथो नम्बरमा प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागमा कार्यरत एसएसपी दीपक थापा, पाँचौँ नम्बरमा एसएसपी श्यामलाल ज्ञवाली र छैटौँ नम्बरमा किरण बज्राचार्य बढुवा सिफारिस भएका छन् । यसैगरी एसएसपीहरू सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डीआईजी बढुवा सिफिरिस भएका छन् ।

डीआईजी बढुवा भएकामध्ये २०५१ चैत र २०५२ साउन तथा मंसिरमा प्रहरी निरीक्षकमा भर्ना भएका टोली छन् । यसरी बढुवा भएकाहरूमा चार जना महिला एसएसपी एकसाथ डीआईजीमा बढुवा सिफारिस भएका छन् । एसएसपी किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एकसाथ डीआईजी बढुवा भएका हुन् । उनीहरू २०५१ सालमा प्रहरी निरीक्षकमा सँगसँगै भर्ना भएका थिए । डीएसपी र एसपीमासमेत सँगै भर्ना भएका उनीहरू एसएसपी हुँदा भने फरक-फरक मितिमा बढुवा भए । तर, डीआईजीमा भने फेरि एकसाथ बढुवा भएका छन् । बज्राचार्य बढुवा सूचीको ६ नम्बर, चौधरी ९ नम्बर, सिंह १६ र राणा १७ नम्बरमा बढुवा सूचीमा परेका छन् । नेपाल प्रहरीको इतिहासमा चार जना महिला एकसाथ डीआईजीमा बढुवा भएको यो पहिलो पटक हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्