सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ

Machchapuchchre

अर्थ राजनीति  ~  सुनको मूल्य बिहीबार बढेको छ। अघिल्लो दिनको भन्दा तोलामा २ सय रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने बिहीबार सामान्य घटेको छ। बुधबार १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार २ सय ५० मूल्य कायम भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्