बैंकहरुको अतिरिक्त प्रोभिजनिङ ४० करोडदेखि एक अर्बसम्म बढ्यो

अर्थ राजनीति  ~  कोभिडको असरले बाणिज्य बैंकहरुको ऋणको नोक्सानी ब्यवस्थापन रकम (प्रोभिजनिङ) यसपाली बढेको छ। दुई वर्षपछि स्थलगत अनुगमनमा नेपाल राष्ट्र बैंक पुगेर एक/एक फाइल हेर्न थालेपछि प्रोभिजनिङको ग्राफ ह्वात्तै बढेको हो। राष्ट्र बैंक स्रोतका अनुसार, प्रत्येक बैंकको कम्तिमा पनि अतिरिक्त ३५ देखि ४० करोड रुपैयाँका दरले प्रोभिजनिङ बढेको छ। केही बैंकहरुको एक अर्ब रुपैयाँसम्म […]

” मुलुक समृद्ध बनाउने अभियानमा छौं ” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले आफु मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको बताएका छन् । यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उनले बताएका छन् । ६४ औं संसद दिवसको अवसरमा आज संसद भवनको ल्होत्से हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने […]

एनबी बैंक प्राप्ति पछि नबिल बैंकमा चार जना डिपुटी सिइओ हुने

अर्थ राजनीति  ~  नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति गरेपछि प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना र अन्य चार जना नायव प्रमुख कार्यकारी अधिकृत हुने भएका छन् । एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् । भुपेन्द्र पाण्डे पूर्वाधार विकास बैंक हुँदै एन बैंक पुगेका […]

डेढ घन्टामा ५० अंकले बढ्यो नेप्से, २ हजार अंकको बिन्दु पार

अर्थ राजनीति ~  नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा डेढ घन्टाको अवधिमा ५० अंकको वृद्धि आएको छ । नेप्सेमा कारोबार सुरू भएदेखि साढे १२ बजेसम्मको अवधिमा उक्त सुधार आएको हो । यससँगै परिसूचक बढेर २ हजार १२ अंकमा पुगेको छ । यसक्रममा यो समाचार तयार पर्दासम्ममा ८० करोड ८७ लाख रुपैयाँ बराबरको २३ हजार २३ लाख ३ […]

राजनीतिको पाँचौँ घुम्तीमा डा. भट्टराई

अर्थ राजनीति  ~  २०७० साल फागुन २५ गते तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले ‘नयाँ शक्तिको खाँचो’ शीर्षकको लेख नेपाल साप्ताहिकमा प्रकाशित गरे । उनको लेखलाई लिएर बौद्धिक तप्कामा निक्कै ठुलो बहस र तरङ्ग सिर्जना भयो । तर, संविधान निर्माणको रस्साकस्सीमा यो बहस त्यतिकै ओझेलमा पर्‍यो । लामो विवादपछि २०७२ साल असोज ३ […]

“अर्थमन्त्री शर्माले गरेको विषयमा तत्काल छानविन गर ” : सुवास नेम्वाङ

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिनुभएको छ । पूर्वसभामुख समेत रहनुभएका उपनेता नेम्वाङले आफ्नो पार्टीले संसदमा सो कुरा उठाएपछि अर्थ मन्त्रालयको फुटेज हेरेर भए पनि त्यो […]

“हाम्रै लापरवाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शार्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको बताएका छन् । १९औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा अयोजित रोपाइँ महोत्सवमा उनले यो स्थिति हाम्रै लापरवाहीका कारण आएको बताएका छन् । उनले अब यस्तो स्थितिलाई […]

काठमाडौंमा हैंजाका बिरामी बढ्दै, सडकमा खानेकुरा बेच्न प्रतिवन्ध

अर्थ राजनीति  ~ काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लगाएको हो। आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको छ । […]

राष्ट्र बैंकबाट सापटी लिएर बसीबसी ३ प्रतिशत मार्जिन खाँदै बैंक

अर्थ राजनीति  ~  बैंकहरुले राष्ट्र बैंकसँग सस्तोमा सापटी लिँदै महँगोमा ऋणपत्र खरिद गर्न थालेका छन्। उनीहरुले एक साताका लागि उपलब्ध हुने स्थायी तरलता सुविधा (एसएलएफ) लिएर २८ दिनभन्दा माथिका ऋणपत्रमा लगानी गरेर कमाइ गर्न थालेका हुन्। स्थायी तरलता सुविधाको ब्याज दर ७ प्रतिशत छ। अहिले ट्रेजरी बिलको ब्याज दर (बट्टा दर) १० प्रतिशत माथि छ। […]

अभद्र व्यवहारको आरोपी राज्यमन्त्री विमला खत्रीले दिइन् राजीनामा

अर्थ राजनीति  ~  लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् सांसद सुदर्शन बरालले जानकारी दिए ।‘उहाँले आज मात्रै राजीनामा दिनु भएको हो । राजीनामाको पत्र मुख्यमन्त्री कार्यालय पुगिसकेको छ,’ बरालले भने । गत जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज […]