नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक अपरान्ह बस्ने

Machchapuchchre

अर्थ राजनीति  ~ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दिउँसो १ बजे बस्ने भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने एक नेताले जानकारी दिनुभयो । आगमी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो। आज दिउँसो १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने।

बैठकमा आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँगको सहकार्यलगायतका समसामयिक राजनीतिका विषयमा छलफल हुने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्