सत्तारुढ दलको कार्यदलको बैठक आज बस्दैछ

Machchapuchchre

अर्थ राजनीति  ~ सत्तारुढ पाँच दलको गठबन्धनले गठन गरेको सिट बाँडफाँड कार्यदलको बैठक आज बस्दैछ ।

सोमबार दिउँसो बस्ने बैठकमा मंसिर २० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सत्तारुढ पाँच दलका साझेदारबीचको सिट बाँडफाँडका विषयमा छलफल हुनेछ ।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको कार्यदलमा सत्तारुढ गठबन्धनका प्रत्येक दलबाट दुई–दुई जना सदस्य रहेका छन् ।

कार्यदलको अघिल्लो बैठकमा सिट बाँडफाँडको ढाँचामा छलफल भएको थियो ।

दलहरूले औपचारिक रूपमा सिट सङ्ख्या दाबी नगरे पनि कांग्रेसले १६५ प्रतिनिधि सभा क्षेत्रमध्ये १०० सिट माग्दै आएको छ ।

तर, सत्तारुढ गठबन्धनका अन्य दलले ‘सम्मानजनक’ सिट बाँडफाँडमा जोड दिइरहेका छन् ।

सत्तारुढ गठबन्धनले तोकिएको काम यथाशीघ्र पूरा गर्न कार्यदललाई निर्देशन दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्