निर्वाचन आयोगमा दल दर्ताको म्याद आज सकिँदैछ

Machchapuchchre

अर्थ राजनीति  ~ निर्वाचन आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समयसीमा आज सकिँदैछ।

सोमबारसम्म ६२ दलले निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसैबीच सत्तारुढ दल नेपाली कांग्रेसले आज पार्टी दर्ता गर्दैछ ।सत्तारुढ दल माओवादी केन्द्रले सोमबार नै पार्टी दर्ता गरेको छ । त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि आयोगमा दर्ता भइसकेको छ ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मंसिर २० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले भदौ ७ गतेबाट निर्वाचनका लागि दल दर्ता सुरु गरेको थियो ।

आयोगले सूचना जारी गर्दै निर्वाचनमा भाग लिने राजनीतिक दललाई भदौ १६ गतेभित्र दर्ताका लागि आह्वान गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्