नेपाली सेना र अमेरिकी सेनाले आजदेखि संयुक्त तालिम सञ्चालन गर्ने भएका छन्

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली सेना र अमेरिकी सेनाबीच एक्स–ब्यालेन्स नेल नामक एक महिनासम्म चल्ने संयुक्त तालिमको ३९औँ संस्करण आजदेखि सुरु हुँदैछ ।

नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गतको रेन्जर बटालियन र अमेरिकी सेनाको टोलीबीच भदौ १६ देखि भदौ १५ गतेसम्म संयुक्त तालिम अभ्यास हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेना र अमेरिकी सेनाबीच २०६० सालदेखि सञ्चालन हुँदै आएको तालिम रक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुन लागेको हो ।

नेपाली सेनाका ८० र अमेरिकी सेनाका १६ जना सदस्य सम्मिलित संयुक्त अभ्यासमा द्वन्द्व परिवेशमा कानून कार्यान्वयन र सैन्य निर्णय प्रक्रियामा केन्द्रित रहने छ र छौनी र नगरकोट क्षेत्रमा हुने छ ।

तालिमका लागि क्याप्टेन ब्ल्याक डुकाटेलको नेतृत्वमा अमेरिकी सेनाको टोली आज बिहान काठमाडौं आइपुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्