राष्ट्रपति भण्डारी विन्द्यवासिनी माविको हीरक जयन्ती समारोहमा सहभागी हुने

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार पोखराको विन्द्यवासिनी माविको हीरक जयन्ती समारोहमा सहभागी हुनुहुनेछ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार राष्ट्रपति भण्डारीले आज बिहान विन्दुवासिनी मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

उनी सोमबार पोखरा आइपुगेकी हुन् ।

त्यसैगरी राष्ट्रपति भण्डारी दिउँसो १ बजे तमुधीमा त्राहोटे महोत्सवमा सहभागी भई आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

यसैबीच राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्