सत्तारुढ दलको कार्यदलको बैठक आज बस्दैछ

Machchapuchchre

अर्थ राजनीति  ~  मंसिर २० गते हुने निर्वाचनका लागि सिट बाँडफाँडका लागि गठित पाँच दलको कार्यदलको बैठक आज बस्दैछ ।

आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए ।

यसअघि बसेको कार्यदलको बैठकले निर्वाचन सिट बाँडफाँडको मस्यौदा पेश गर्ने जिम्मेवारी नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई दिएको थियो ।

कार्यदलले असारमा भएको स्थानीय निर्वाचन, २०७४ सालको प्रतिनिधिसभाको पहिलो विगत र समानुपातिक प्रतिनिधित्व र संसदमा दलको वर्तमान प्रतिनिधित्वलाई आधार बनाएर मस्यौदा तयार गरेको हो ।

कार्यदललाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्