फोहोरभित्र कुहिएको राजनीति नमिसाउन मेयर साहको अपिल

Machchapuchchre

अर्थ राजनीति ~ काठमाडौं महानगरपालिका मेयर बालेन साहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै फोहोरमाथि कुहिएको खेल खेलिएको भन्दै आपत्ति जनाउनु भएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिन धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर १ का कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले विज्ञप्ति जारी गरेपछि मेयर साहले आपत्ति जनाउनुभएको हो । धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका छन् । उक्त विज्ञप्तिप्रति आपत्ति जनाउँदै मेयर साहले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने प्रयास किन गरिन्छ ? भन्ने प्रश्न पनि गर्नुभएको छ । एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग गर्ने खेल किन हुन्छ ? भन्दै धेरै असभ्य र स्वार्थी नबन्न आग्रह गर्नुभएको छ । मेयर साहले फोहोरको थुप्रो लगाएर त्यसभित्र झन् कुहिएको खेल खेलेर राजनीति नगर्न पनि सबैलाई अपिल गर्नुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्