नेप्से परिसूचक २७.९२ अंकले गिरावट

Machchapuchchre

अर्थ राजनीति  ~  साताको पहिलो कारोबारको दिन हिजो आइतबार नेप्से परिसूचकमा गिरावट आएको हो । आइतबार नेप्से सूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ं७५ अंकले घटेको थियो । यस दिन कारोबारमा आएका २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको हो । अन्य दिनको भन्दा आइतबार कारोबार रकम समेत गिरावट आएको हो । नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका थिए । जसमा उत्पादन तथा प्रशोधन उपसमूह, फाइनान्स उपसमूह, जीवन बिमा उपसमूह, लगानी उपसमूह तथा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै घटेको हो। नेप्से परिसूचकमा गिरावट आएपनि आइतबार अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ८.१० प्रतिशतले बढेको थियो । त्यस्तै, कालिका पावरको २.८८ प्रतिशत, सामलिङ पावरको २.४४ प्रतिशत र जालपा लघुवित्तको सेयरमूल्य २.०१ प्रतिशतले बढेको थियो  । तर, यता गुराँस लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ भने हिमालयन डिस्टिलरीको ६.१० प्रतिशले घटेको थियो । आइतबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्