” योभन्दा नालायक र गतिहीन सरकार इतिहासमै थिएन ” : गोकुल बास्कोटा

Artharajniti   ~  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार इतिहासकै नालायक गितिहीन सरकार रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै बास्कोटाले प्रधानमन्त्रीले रामराज्य आइसक्यो भन्ने गरेको तर सरकार इतिहासकै गतिहीन र नालायक रहेको टिप्पणी गरेका हुन्। बास्कोटाले आफूले नगरकोटको बाटो बनाइदिन भौतिकमन्त्रीसँग ४ पटक अनुरोध गरेको तर कुनै सुनुवाइ नभएको […]

” सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाही गर्नुपर्छ ” : गगन थापा

Artharajniti  ~  नेपाली कांग्रेसका सांसद गगन थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। ‘जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्। राजनीतिक शक्ति होस् कि […]

सहरी विकासमन्त्री : ” निर्माण पूरा नभएसम्म धरहरामा कुनै हालतमा पार्किङ गराउन दिंदैनौं “

Artharajniti  ~   धरहरामा पार्किङ सुरु गरेको विषयलाई लिएर काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयबीच विवाद चुलिएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले माघ १४ देखि धरहरामा पार्किङ सुरु गराएकामा मन्त्रालयले निर्माण नै नसकिएको भनेर रोक लगाउन पत्र लेखेपछि दुई निकायबीच विवाद चुलिएको हो। मन्त्रालयको पत्रको जवाफमा बालेनले सार्वजनिकरुपमै २ वर्ष ९ महिना २० दिन अगाडि […]

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन बागमती सरकारले ७० प्रतिशत बजेट दिने

Artharajniti   ~   धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेर बीचैमा छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ। भरतपुर महानगरकी मेयर रेणु दाहालका अनुसार आज बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले रंगशला निर्माणको प्रथम चरणका लागि ७५ करोड रुपेयाँ बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले […]

” एमाले सरकार ढाल्ने खेलमा छैन “- अध्यक्ष ओली

Artharajniti  ~ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । सोमबार महोत्तरीमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको समेत बताए । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा […]

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

Atharajniti  ~   बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । गत बिहीबार २० अर्ब रुपैयाँ झिकेको राष्ट्र बैंकले आज (माघ २३ गते मंगलबार) निक्षेप संकलनमार्फत नै ४० अर्ब रुपैयाँ बजारबाट तान्न […]

सामाजिक सुरक्षा कोषमा मधेस प्रदेशका ४७ स्थानीय तह आबद्ध

Artharajniti  ~  मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आइतबार समझदारीपत्रमा हस्ताक्षरसमेत गरेका हुन् । कोषका कार्यकारी निर्देशक अधिकारीले कोषले सञ्चालन गर्ने योजनाका बारेमा स्थानीय तहसहितका […]

” सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्नूस् ” : प्रधानमन्त्री दाहाल

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बिहान बसेको बैठकमा उनले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसदमा दरिलोरूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन्। ‘तपाईंहरू राम्रो तयारीका साथ संसदमा प्रस्तुत हुनूहोस्। सरकारका काम […]

रास्वपाले मेलम्चीबाट थाल्यो दबाब अभियान

Artharajniti  ~  रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रव्यापी दबाब अभियान सुरु गरेको छ। रास्वपाले आइतबार सिन्धुपाल्चोकको मेलम्चीबाट अभियान सुरु गरेको हो। अभियान सुरु गर्न रास्वपाका सबैजसो सांसद र केन्द्रीय नेता मेलम्ची पुगेका थिए। अभियान चैत २१ गतेसम्म संचालन हुने रास्वपाले जनाएको छ। रास्वपाले […]

आजदेखि संसद्को तेस्रो अधिवेशन प्रारम्भ हुँदै

Artharajniti  ~   सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने सङ्घीय सचिवालयले जनाएको छ। सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्। बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने […]