” गृहमन्त्रीउपर संसदीय छानबिन समिति गठन हुनैपर्छ ” : कांग्रेस सभापति देउवा

Machchapuchchre

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन् । आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् । ‘रवि लामिछानेविरूद्ध यति धेरै प्रमाण छन् । लाखौं ठगिएका छन् । न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ,’ उनले भने, ‘संसदीय छानबिन समिति बन्नै पर्छ।’ गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदमा प्रश्न गरिरहेको छ । कांग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ । कांग्रेस र सत्ता गठबन्धनबीच यही विषयमा सहमति नहुँदा आजको प्रतिनिधि सभा बैठक अनिश्चित बनेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्