” देशलाई अहिलेको जटिलताबाट निकाल्नुपर्छ ” : अध्यक्ष ओली

Machchapuchchre

Artharajniti   ~  एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अहिलेको जटिलताबाट निकाल्नुपर्ने बताएका छन् । त्यसका लागि एक भएर जानुको विकल्प नभएको उनको भनाइ छ । ओलीले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन निर्णायक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग छलफल गरेका छन् । चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेपछि गण्डकीमा नयाँ सरकार बन्न सकस भइरहेको छ । एमाले कास्कीमा निर्वाचित कमिटीको शपथ कार्यक्रममा जानुअघि ओलीले शुक्रबार पोखराको माउण्ट कैलाश रिसोर्टमा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसँग वार्ता गरेका छन् । राप्रपाले सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्न सक्ने संकेत गरेपछि एमाले–माओवादी गण्डकीमा सशंकित छ । ओलीले यसअघि खगराज अधिकारी नेतृत्वको सरकारमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री समेत रहेका तमुलाई भेटेर गठबन्धनलाई सहयोग गर्न र मिलेन जान आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्