सरकार सहकारी पीडितको पक्षमा नरहेको देउवाको आरोप

Machchapuchchre

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सहकारी पीडितको पक्षमा नदेखिएको आरोप लगाएका छन्। उनले आइतबार पार्टीको संसदीय दलको बैठकमा आफूहरुले सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय उठाउँदा पनि बेवास्ता गर्नुले सरकार पीडितको पक्षमा नरहेको स्पष्ट भएको बताए। सहकारीको बचत हिनामिनाको विषयमा संसदीय समिति गठनको माग गर्दा सरकार यो विषय छल्न संसद् नै बन्द गर्ने निर्णयमा पुगेको देउवाको आरोप थियो। ‘हामीले उठाएको माग नेपाली कांग्रेसको पार्टीगत नभई लाखौं सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय हो। यस्तो गम्भीर विषयलाई संसदीय छानबिन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकामा यसलाई छल्ने उद्देश्यले सरकारले संसद् नै बन्द गर्ने निर्णय गरेको छ,’ बैठकमा देउवाले भने। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारीका बचतकर्ताको रकम हिनामिनाको आरोपबारे कांग्रेसले एक महिनादेखि संसदीय छानबिन समिति गठनको माग गर्दै आएकामा आइतबार राति १२ बजेबाट संसद्‍को हिउँदे अधिवेशन अन्त्य गरिंदैछ। बजेट अधिवेशनका लागि तयारी गर्न पर्याप्त समय हुँदाहुँदै सरकारले संसदीय समिति गठनको मागबाट भाग्न अधिवेशन अन्त्यको निर्णय गरेको भन्दै कांग्रेस सहकारी पीडितको पक्षमा उभिरहने बताए। ‘सरकार सहकारी पीडितका पक्षमा नभएको, सुशासनको पक्षमा नरहेको र गैरजिम्मेवारी रुपमा प्रस्तुत भएको पुष्टि हुन्छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्