उपनिर्वाचनको सबै तयारी पुरा, भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने

काठमाडौं । निर्वाचन आयोगले शनिबार हुने उपनिर्वाचनको सबै तयारी पुरा भएको जनाएको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको मङ्सिर १४ गते उपनिर्वाचनमा खटिएका मतदान अधिकृतसहितका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्रीसहित खटाइएको स्थानमा पुगेर मतदानस्थल व्यवस्थापनको कार्यमा जुटेका छन् । निर्वाचन आयोगका अनुसार, आगामी शनिबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने मतदानका लागि निर्वाचन […]

भारतीय जन्तीको स्वागत गर्न राष्ट्रपति जनकपुरमा, जानकी मन्दिरमा पूजापाठ

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार बिहान पूजापाठ गरेकी छन् । विवाहपञचमीमा भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न जनकपुरधाम पुगेकी राष्ट्रपतिले जानकी मन्दिरमा पूजापाठ गरेकी हुन् । पूजापाठपछि उनी मधेश भवनमा आयोजित दिवा भोजमा सहभागी हुँदै बाह्रबिघा मैदानमा भारतीय जन्तीलाई स्वागत गर्नेछिन् । राष्ट्रपति भण्डारीसँगै पर्यटन मन्त्री योगेश भट्टराई र भूमिव्यवस्था मन्त्री […]

विदेश भ्रमण छोट्याएर एकाएक किन फर्किए परराष्ट्रमन्त्री ज्ञवाली ?

काठमाडौं । रूस र सर्वियाको भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । पूर्वनिर्धारित कार्यक्रम दुई दिनपछि फर्कने भए पनि मन्त्री ज्ञवाली आजै स्वदेश फर्किएका हुन् । उनी शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भ्रमण पर्सिसम्म तय थियो, आज सर्भियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो, […]

अयोध्याका जन्तीलाई स्वागत गर्न राष्ट्रपति जनकपुर जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई स्वागत गर्ने भएकी छन् । त्यसका लागि राष्ट्रपति भण्डारी शुक्रबार जनकपुर प्रस्थान गर्दैछिन् । साधु सन्तसहितका जन्तीहरुलाई राष्ट्रपति भण्डारीले रंगभूमि मैदानमा मध्याह्न स्वागत तथा सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीको जनकपुर आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यसअघि जनकपुरको […]

धार्मिक तथा पर्यटकीयस्थलको भ्रमण गर्दै उपराष्ट्रपति पुन नुवाकोटमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गरेका छन् । काठमाडौंको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म पुगेका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं घरबास (होमस्टे) सहित पर्यटकीय गन्तव्य बनाउन सके […]

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगिन राष्ट्रपति भण्डारी, गरिन स्वास्थ्य लाभको कामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेकी छन् । बिहीबार साँझ प्रधानमन्त्री उपचाररत त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् । सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटका अनुसार बिहीबार साँझ ७:४० बजे महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ मै […]

भूमिसम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

काठमाडौं । सरकारले भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । न्त्रिपरिषदको पछिल्लो बैठकले सैद्धान्तिक सहमति दिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले जानकारी दिए । गुठी विधेयक पनि एकीकतृ विधेयकमै समेटिने प्रवत्ता बाँस्कोटाले जानकारी दिए । उनले भने “भूमिमार्फत उत्पादन र उत्पादकत्व वृद्धि […]

जनआन्दोलन संयोजन समितिद्वारा सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिले सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो घोषणा गरेको हो । नेपालको हितविपरीत गरिएका सन्धि, सम्झौता र भारतले कब्जा गरेको नेपाली भूमि फिर्ताको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरिएको समितिले जानकारी दियो। समितिले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि आन्दोलनमा उत्रन सबैसँग आग्रहसमेत गरेको […]

मंसिर १४ गते पोखरामा सवारी साधन चलाउन नपाइने

कास्की । जिल्ला प्रशासन कार्यालयले कास्की क्षेत्र नं–२ मा यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनका अवधिमा अति आवश्यक सेवा सवारीसाधन बाहेकका सवारी साधनको प्रवेश र सञ्चालनमा रोक लगाएको छ । मङ्सिर १३ गते राति १२: ०० बजेदेखि सो बन्देज शुरु भएपछि निर्वाचनको अवधिभर जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा जारी गरिएको सूचनामा […]

अर्घाखाँची दुर्घटनाप्रति शेरबहादुर देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार अर्घाखाँचीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले घटनाले मर्माहित बनाएको भन्दै मृतकलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, परिवारजनामा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबार वक्तव्यमार्फत सभापति देउवाले घाइतेलाई ढिलो नगरी सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारलाई […]