प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगिन राष्ट्रपति भण्डारी, गरिन स्वास्थ्य लाभको कामना

Machchapuchchre

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेकी छन् । बिहीबार साँझ प्रधानमन्त्री उपचाररत त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् ।

सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटका अनुसार बिहीबार साँझ ७:४० बजे महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ मै पुगेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिएकी हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट सार्वजनिक गर्दै राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जानकारी गराएका छन्। राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमा आइरहेको सुधारप्रति खुसी ब्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेको उल्लेख गरेका छन्। चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको सुनाएपछि राष्ट्रपति भण्डारीले खुसी व्यक्त गरेकी थिइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्