रूपन्देहीको सैनामैनामा यसरी गरियो पूर्वराजा ज्ञानेन्द्रको स्वागत

बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाहले रूपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वरधाममा पूजाअर्चना गरेका छन् । परमेश्वरधाममा शाहले षोडशोपचार पूजा समेत गरेका छन् । आह्वान, आशन, पाध्य, अध्य, आचमनिय, पुनर्आचमनिय, पञ्चामृत, शुद्ध जल, अक्षता, धुप दीप, वस्त्र, जनैसुपारी तामुल लगायत आरती सहित गरिने पूजालाई षोडशोपचार पूजा भनिन्छ । यो पूजा गर्नाले शिव खुशी हुने विश्वास गरिन्छ। करीब […]

दश वर्षभित्र नागरिक उड्डयन क्षेत्र आइकाओको मापदण्डमा – मन्त्री भट्टराई

भद्रपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डमा पु¥याइने बताएका छन । चन्द्रगढी विमानस्थलको विस्तार तथा विकास गुरुयोजनाका सम्बन्धमा झापाको विर्तामोडमा नागरिक उड्डयन प्राधिकरणले आज आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने तयारीका लागि अहिले मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको […]

शैली सच्याउन ओली सरकारलाई गगन थापाको चेतावनी

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले उपनिर्वाचनले नेकपालाई स्पष्ट सन्देश दिएको भन्दै सरकारको शैली सच्याउन चेतावनी दिएका छन् । थापाले ट्वीटरमार्फत ‘सरकारको शैली सच्याउ नत्र सकिन्छौ’ भनेका छन् । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले ‘सच्चिने वा सक्किने उसको कुरा’ भनेका छन् । थापाले नेपाली काँग्रेसले पनि उपचुनावमा खासै सफलता हासिल गर्न नसकेको स्वीकार्दै भनेका छन्, […]

नेकपा डडेल्धुराले तोक्यो सातै स्थानीय तहका इञ्चार्ज, नामसहित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले जिल्लाका सातै स्थानीय तहमा इञ्चार्ज तोकेको छ । पार्टीको जिल्ला सचिवालयको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा इञ्चार्ज तोकेको हो । नेकपा डडेल्धुराले सोमबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी परशुराम नगरपालिकामा हरिप्रसाद भट्ट र अमरगढी नगरपालिकामा करुणाकर ओझालाई इञ्चार्ज तोकिएको जानकारी दिएको छ । त्यस्तै नवदुर्गा गाउँपालिकामा लक्ष्मी धिक्त, […]

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल जारी नहुने

काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश तत्काल जारी नगर्ने भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस तथा संविधानविद्हरूले अध्यादेशको विरोध गरेको र संघीय संसद्को हिउँदे अधिवेशनसमेत आउन लागेकाले सरकारले तत्काल जारी नगर्ने मनस्थिति बनाएको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले जानकारी दिएका छन् । मंसिर ३ मा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्को बहुमतको निर्णयबाट संवैधानिक आयोगका पदाधिकारी […]

कृष्णदास गिरीलाई चार दिन हिरासतमा राख्न अनुमति

इटहरी । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ। पक्राउ गर्न प्रहरी खटिएपछि विराट नर्सिङ होम विराटनगरको आइसियुमा भर्ना भएका उनलार्ई सोमबार बिहान पक्राउ गरी अदालतमा पेस गरिएको थियो। न्यायाधीश धर्मराज पौडेलले गिरीलाई चारदिने अनुसन्धानको म्याद दिएका हुन्। बिरामी भएकाले अस्पतालमा पनि जँचाउन […]

प्रदेश सरकारले ल्यायो नयाँ नीति, अनुदान वितरण प्रक्रियालाई व्यवस्थित गरिने

काठमाडौं । प्रदेश नं ५ को सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित गर्न नयाँ नीति ल्याएको छ । सरकारले वितरण गर्ने अनुदान कार्यक्रमलाई अझै प्रभावकारी र व्यवस्थित बनाउन अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन–२०७६ ल्याइएको हो । विभिन्न मन्त्रालयहरुले वितरण गरेको अनुदान व्यवस्थित नभएको गुनासो आएपछि आज बसेको मन्त्रिपरिषद् बैठकले अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन–२०७६ स्वीकृत गरेको हो । प्रदेश […]

आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले १ डिसेम्बरमा पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको आयल […]

महोत्तरीका चार पद चार दलका पोल्टामा, हेर्नुहोस् बिस्तृतमा

महोत्तरी । महोत्तरी जिल्लामा चार वटा विभिन्न पद चारै दलका पोल्टामा परेका छन् । उपनिर्वाचनमा जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एक एक पदमा निर्वाचित भएका छन् । पिपरा गाउँपालिकाका अध्यक्षमा (नेकपा) का विक्रम चौधरी तीन हजार […]

आईसीयू मै हिँड्न थाले प्रधानमन्त्री : आइप्याडमै हेरे सागको प्रत्यक्ष प्रशारण

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएपछि ठोस पदार्थ पनि खुवाउन थालिएको छ। सघन उपचार कक्षमा उपचाररत प्रधानमन्त्री ओली शल्यक्रियाको एक साता पुग्दा सामान्य हिँडडुल गर्न थालेका छन्। आइतबार साँझ दशरथ रंगशालामा भव्य रुपमा उद्घाटन भएको १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहको लाइभ आइप्याडमा हेरेका छन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सागको शुभारम्भ आईसीयू मा रहेर […]