रूपन्देहीको सैनामैनामा यसरी गरियो पूर्वराजा ज्ञानेन्द्रको स्वागत

Machchapuchchre

बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाहले रूपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वरधाममा पूजाअर्चना गरेका छन् । परमेश्वरधाममा शाहले षोडशोपचार पूजा समेत गरेका छन् ।

आह्वान, आशन, पाध्य, अध्य, आचमनिय, पुनर्आचमनिय, पञ्चामृत, शुद्ध जल, अक्षता, धुप दीप, वस्त्र, जनैसुपारी तामुल लगायत आरती सहित गरिने पूजालाई षोडशोपचार पूजा भनिन्छ । यो पूजा गर्नाले शिव खुशी हुने विश्वास गरिन्छ। करीब १० मिनेट मन्दिरमा पूजा गरेका शाहलाई पूजारीहरू चन्द्र नेपाल, विष्णु ज्ञवालीले पूजा गराएका थिए ।

पर्रोहाधाममा शिव स्वयम् उत्पत्ति भएको विश्वास गरिन्छ। शाह आफै गाडी चलाएर मन्दिरसम्म पुगेका थिए । पर्रोहा पुग्नुअघि स्थानीय समर्थकले “राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ” जस्ता नारा लगाएका थिए। उनलाई स्वागत गर्न स्थानीय फूलमाला लिएर बसेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्